नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत
वि.सं.२०८३ वैशाख ९ बुधवार १६:५५
1.52K
shares
shares

काठमाडौं, ९ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। सूचीकृत हुने कम्पनीहरूमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्त रहेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस बापत कुल ४ लाख ५८ हजार १५ कित्ता शेयर सूचीकृत भएको हो।
त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस बापत २ लाख ९३ हजार ९७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
यससँगै, उक्त बोनस शेयर अब दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्।



















