याम्बालिङ्ग हाइड्रोपावर : आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८३ वैशाख २२ मंगलवार ०६:४०
shares

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख ४३ हजार कित्ता शेयर बिक्री खुला गरेको हो।
कुल २८ लाख कित्ता आईपीओमध्ये स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम देखाउँछ। आईपीओमा आवेदन सि–आस्बा प्रणाली तथा मेरो शेयरमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

















