Dhulikhel Eco Banner new

शेयर बजारमा ८ अर्ब ४१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.82K
shares

काठमाडौं, ३० असार । शेयर बजारमा ८ अर्ब ४१ करोड कारोबार हुँदा १० प्रतिशत केबिएल डिबेन्चर २०९०को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ५२ करोड ७१ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०को ३९ करोड १६ लाख रुपैयाँ कारोबार हुँदा नेपाल एसबिआई बैंक डिबेन्चर २०९०को ३७ करोड ५१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१को ३६करोड ७ लाख रुपैयाँको कारोबार हुदा कृषि बैंक डिबेन्चर २०८३को २८ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।