Dhulikhel Eco Banner new

जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन बण्ड’ र ईटीएफ ल्याइने

598
shares

काठमाडौं, ३१ असार । सरकारले जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न पूँजी बजारमार्फत ‘ग्रीन बण्ड’ (हरित ऋणपत्र) र एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ) सञ्चालनमा ल्याउने नीति अघि सारेको छ।

नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३र८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनामा आवश्यक लगानी जुटाउन वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिने उल्लेख गरिएको छ।

नीतिअनुसार जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूँजी पूँजी बजारमार्फत परिचालन गर्ने व्यवस्था थप सुदृढ बनाइनेछ। यसबाट स्वच्छ ऊर्जा परियोजनामा दीर्घकालीन वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, लगानीकर्तालाई लगानीको विविधीकरण गर्ने अवसर प्रदान गर्दै जलविद्युत् क्षेत्रमा सामूहिक लगानी आकर्षित गर्न एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ) सञ्चालनमा ल्याउने योजना पनि समावेश गरिएको छ।

सेबोनका अनुसार ग्रीन बण्ड, ईटीएफलगायत आधुनिक वित्तीय उपकरण कार्यान्वयनमा आएपछि जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा संस्थागत तथा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्ने, पूँजी परिचालन सहज हुने तथा दिगो ऊर्जा विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।