युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न,
वि.सं.२०८३ असार ३१ बुधवार १६:५६
shares

काडमाडौं, ३१ असार यस यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा आज मिति २०८३ असार ३१ गते बुधबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भयो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरियो । साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरियो ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालसम्म चुक्ता भएको पूँजी रु. २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने रु.९,९०,००,०००/– (अक्षरेपी नौ करोड नब्बे लाख) बराबरको बोनश शेयर तथा सोमा लाग्ने लाभांश कर प्रयोजनाका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांश रु. ५२,१०,५२६।३२ (अक्षरेपी बाउन्न लाख दश हजार पाँच सय छब्बीस पैसा बत्तीस) वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको र सम्बन्धित निकायहरुको स्वीकृति लिई बोनस शेयर जारि गरिने र त्तपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु.२,६४,००,००,०००।–(अक्षरेपी दुई अर्ब चौसठ्ठी करोड) पुग्ने व्यहोरा जानकारी गराउन चाहेका छन ।
२०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे ।आगामी आ.व.२०८३।८४ मा शेयरधनी महानुभावहरुलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको लक्ष्य हासिल गर्न कम्पनी परिवार क्रियाशिल रहेको छ ।


















