Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

455
shares

काठमाडौं, ३१ असार । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४ अंकले बढेर २५९०.२९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९० का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.२० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.३२ प्रतिशतका दरले गुमाएका छन् ।