Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब १७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.05K
shares

काठमाडौं, ३१ असार । शेयर बजारमा ४ अर्ब १७ करोड कारोबार हुँदा १० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४४ करोड १० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८को ३३ करोड २० लाख रुपैयाँ कारोबार हुँदा १०.२५ प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८३/८४को २१ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरिसिद्धार्थ बैंक लिमिटेडको १५ करोड ३४ लाख रुपैयाँको कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ११ करोड २१ लाख रुपैयाँ कारोबार भएको छ ।