Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

871
shares

काठमाडौं, ३१ असार । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४ अंकले बढेर २५९०.२९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९९० का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.२० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ८.४० प्रतिशतका दरले कमाएका छन् भने थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.२१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सागर डिस्टिलरी लिमिटेडका लगानीकर्ताले ६.०३ प्रतिशतका दरले कमाएका छन् भने ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले ५.९८ प्रतिशतका दरले कमाएका छन् ।