शेयर बजारमा हरियाली : नेप्से ४१.७० अंकले बढ्यो
वि.सं.२०८३ साउन ४ सोमवार १५:०४
shares

काठमाडौं, ४ साउन । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ५१ करोड कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका छन् ।



















