Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

585
shares

काठमाडौं, ६ साउन । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १८ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले १०.५० प्रतिशतका दरले कमाएका छन् भने सालापा विकास बैंक लिमिटेडका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि प्योर इनर्जी लिमिटेडका लगानीकर्ताले ५.२३ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले कमाएका छन् ।