Dhulikhel Eco Banner new

छिमेक लघुवित्तको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा

650
shares

काठमाडौं, ६ साउन । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४१४ कित्ता शेयर बिक्रीमा राखेको हो । संस्थाले सो शेयर प्रतिकित्ता न्यूनतम मूल्य ४७५ कायम हुने गरी बिक्रीमा राखेको हो।

कम्पनीले यसअघि सो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेकोमा सो अवधिसम्म कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन हुने संस्थापक शेयरधनी हुन योग्यता पुगेको व्यहोरा खुल्ने कागजात सहित यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।