Dhulikhel Eco Banner new

नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

598
shares

काठमाडौँ, २८ साउन। नेपालमा बहुप्रतीक्षित टाटा पञ्च ईभी काठमाडौँमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत सार्वजनिक भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभरका आधिकारिक शोरुमबाट एकैसाथ नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको हो।

पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीलगायतका प्रमुख शहरस्थित आधिकारिक शोरुमबाट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।

एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साह बुकिङमै देखिएको बताउनुभयो। उहाँले सुरुवाती प्रतिक्रिया सकारात्मक रहेको भन्दै बुकिङ भएका गाडीहरू केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कम्पनीले नयाँ पञ्च ईभी नेपाली बजारमा विद्युतीय कम्प्याक्ट एसयूभीप्रति बढ्दो आकर्षणलाई सम्बोधन गर्ने अपेक्षा गरेको छ।