सामान्य अकंले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ ४ बिहीवार १५:०९
shares

काठमाडौँ, ४ भदौ । बिहीवार शेयर बजार सामान्य अकंले बढेको छ । शेयर बजार ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३२ कम्पनीको शेयर मूल्य बढेको छ । १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।
सामान्य अकंले बढेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एसिया सेलेक्ट फन्ड ३०का लगानीकर्ताले ६.६३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि मान्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले कमाएका छन् भने सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.८५ प्रतिशतका दरले कमाएका छन् ।
















