Dhulikhel Eco Banner new

दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.04K
shares

काठमाडौँ, ४ भदौ । शुक्रवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १६ करोड कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि लक्ष्मी मूल्य कोष २का लगानीकर्ताले ५.२२ प्रतिशतका दरले गुमाएका छन् भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका छन् भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।