Dhulikhel Eco Banner new

स्वावलम्बनको सीईओमा नरेन्द्रसिंह विष्ट

5.28K
shares

काठमाडौं, ८ साउन । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्रसिंह विष्ट नियुक्त भएका छन् । स्वावलम्बनको सञ्चालक समितिको बैठकले विष्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साउन ६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते सोमबारदेखि लागू हुने गरी विष्टलाई सीईओमा नियुक्त गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय संस्थाको चार वर्षसम्म विष्टले नेतृत्व गर्ने छन् ।