Dhulikhel Eco Banner new

रिडी र रैराङ हाइड्रोपावरले मर्ज भएको आज औपचारिक घोषणा गर्दै

5.53K
shares

काठमाडौं, २९ साउन । रिडी हाइड्रोपावर डेभलपमेन्ट र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज मर्जर भएको औपचारिक घोषणा गर्दैछन् ।

एक महिना अघिदेखि नै एकीकृत कारोबार सुरु गरेका रिडी र रैराङ हाइड्रोपावरले काठमाडौंमा औपचारिक समारोह आयोजना गरी दुई हाइड्रोपावरबीच मर्जर भएको घोषणा हुन लागेको हो ।

दुई कम्पनीबीच मर्जर पश्चात एक महिना अघिदेखि नै रिडी पावरका नामले एकीकृत कारोबार सुरु भइसकेको छ।दुवै कम्पनीले गत असार १७ मा एकैदिन विशेष साधारणसभा डाकेर मर्जर प्रस्ताव पारित गरेका थिए।

विद्युत नियमन आयोग र कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीले गत असार ३१ गतेबाट एकीकृत कारोबार सुरु सुरु गरेका थिए।