Dhulikhel Eco Banner new

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

5.92K
shares

काठमाडौं, ११ भदौ । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घाषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् ।

नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पुजा राना भने समावेश छैनन् । प्रशिक्षणको दौरान बोकेको चोटको कारण उनीहरु दुवैजना नेपाली टोली बाहिर रहेकी हुन् । यता अमिषा कार्की, समिक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । त्यस्तै रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

नेपाली टोली  :

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक

मिडफिल्डर : विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ