एक हजार रुपैयाँले घट्यो सुनको भाउ
वि.सं.२०७९ असोज ९ आइतवार १२:३४
4.19K
shares
shares

काठमाडौं, ९ असोज । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य ९१ हजार ८ सय, तेजावी सुनको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला कायम भएको छ ।
शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल, ९२ हजार ३ सय रुपैयाँ तेजावी र १२ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

















