युनिलिभर नेपालले मंसिर २० गते, लाभांशको प्रस्ताव पारित गर्ने
वि.सं.२०७९ कात्तिक ३० बुधवार ११:४७
shares

काठमाडौं, ३० कात्तिक । युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते साधारणसभा गर्ने भएको छ । कम्पनीले होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
















