Dhulikhel Eco Banner new

दोस्रो एकदिबसिए क्रिकेटमा युएईमाथि नेपालको रोमाञ्जक जित

3.76K
shares

काठमाडौं, ३० कात्तिक । नेपाल भ्रमणमा रहेको युएई विरुद्धको दोस्रो एकदिबसिए क्रिकेटमा जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ । यो खेलमा विजयी हुने टोलिले सिरिज जित्नेछ । युएईले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । शिर्षक्रमका ब्याटर चल्न नसकेको खेलमा आरिफ शेखले अविजित ३३ रनको योगदान दिदा सोमपाल कामी १६ रनमा अविजित रहे ।

कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे । युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । बसिल हामिदले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।