१० वर्षमा ५०० प्रतिशतले बढ्यो क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या
वि.सं.२०७९ पुस ३ आइतवार ०९:२८
shares

काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो १० वर्षको अवधिमा क्रेटिड कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य मात्रामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०१३ को मध्ये जुलाई देखि २०२२ को मध्यजलाईसम्म क्रेडिट कार्ड प्रयोग गर्नेको संख्यामा ५१९ प्रतिशतले वृद्धि भएको हो ।
सन् २०१३ को मध्ये जुलाइमा ३८ हजार ५८७ जनाले प्रयोग गरिरहेको क्रेडिट कार्ड २०२२ को मध्ये जुलाइसम्म आइपुग्दा ५१९ प्रतिशतले वृद्धि भएर २ लाख ३८ हजार ७९४ पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार १० वर्षको अवधिमा क्रेडिट कार्ड, डेबिट कार्ड, बचत खाता तथा ऋण खाता खोल्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ ।
१० वर्षको अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्यामा २०३ प्रतिशतले वृद्धि भएको छ । सन् २०११ मा ३५ लाख ८१ हजार ७२६ जना नेपालीले डेबिट कार्डको प्रयोग गरेको तथ्यांकले देखाएको छ । यो संख्या २०२२ मा आइपुग्दा १ करोड ८५ लाख ६ हजार ३५७ पुगेको छ । त्यस्तै बचत खाता खोल्नेको संख्यामा २९४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै लोन अकाउन्ट खोल्नेको संख्या पनि १० वर्षको अवधिमा ११५ प्रतिशतले वृद्धि भएको छ ।
















