Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकले १० प्रतिशत लाभांश दिने

4.81K
shares

काठमाडौं, ३ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले यस वर्ष कुल १० दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १ करोड ८ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. ४१ करोड ९९ लाख ३९ हजार बराबरको लाभांश वितरणको तयारी कम्पनीले गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।