Dhulikhel Eco Banner new

राष्ट्रिय पोसाक लगाएर शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

6.05K
shares

काठमाडौं, ६ पुस । प्रतिनिधि सभाका आफ्ना सदस्यहरुलाई राष्ट्रिय पोसक लगाएर शपथ ग्रहणमा सहभागि हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

नयाँ बानेश्वरमा रहेको संसद् भवनमा भोलि बिहीवार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउन कार्यक्रम रहेको छ ।

संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । एमालेले प्रतिनिधि सभातर्फ ७८ सिट प्राप्त गरेको छ ।