Dhulikhel Eco Banner new

नेलेका अग्नी पीडितलाई गाउँपालिकाले ५० हजार राहत दिने

14.14K
shares

काठमाडौं, ६ पुस । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको आगलागिमा परेका परिवालाई गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगलागीबाट घर पूर्ण क्षती हुने परिवारलाई ५० हजार राहत प्रदान गर्ने निर्णय गरेको हो ।

अध्यक्ष स्तरीय निर्णय अनुसार अग्नी पीडित परिवालाई राहत दिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार आंसिक क्षति हुने प्रति परिवारलाई २५ हजार दिइने छ । मंगलबार दिउसो करिब ४ बजे वडा नं १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पूर्णरुपमा जलेर नेष्ट भएका थिए । यस्तै दुई घर आंशिकरुपमा नष्ट भएका छन् भने अन्य विभिन्न पसलमा समेत क्षती भएको छ । आललागिबाट करोडौंको नोक्सान भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाले उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दुधकोशी गाउँप्रहरी, सोलुदुधकुण्ड नगरपालिका, रेडक्रश कर्मी, जनप्रतिनिधि र स्थानीय वासीन्दा लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।