Dhulikhel Eco Banner new

हिमालयन र सिभिल बैंकले फागुन १२ गतेबाट एकीकृत गर्ने

4.32K
shares

काठमाडौं, २ फागुन । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले फागुन १२ गतेदेखि एकीकृत कारोबार शुुरु गर्ने भएका छन् । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए ।

दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो ।हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो ।

यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।