Dhulikhel Eco Banner new

घट्यो शेयर बजार, आज १ अर्ब ७८ करोडको मात्रै कारोबार

4.07K
shares

काठमाडौं, २ फागुन । साताको दोस्रो कारोबरको दिन नेप्से परिसुचक १६ दशमलव ४० अंकले ओरालो लागेको छ । आइतबार पनि भारी अंकले ओरालो लागेकाे शेयर बजारमा आज पनि गिरावट आएको हो ।

मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ७७ प्रतिशतले घटेर २१०५ दशमलव ४६ को विन्दुमा रोकिएको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७४ अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका ३६ हजार ८ सय ४० कारोबारबाट २५५ कम्पनीका ४६ लाख ८५ हजार ८ सय ९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएके सम्पूर्ण कारोबार रकम १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ पुगेको छ । आइतबार करिब ४ अर्बको हाराहारीमा रहेको कारोबार रकम आज भने १ अर्बको रेसियोमा आइपुगेको छ ।