Dhulikhel Eco Banner new

चत्रचित्र पत्रकार संघमा बिवाद, राजीनामा दिने असन्तुष्ट समूहको तयारी

5.54K
shares

काठमाडौं, १७ फागुन । नेपाल चलचित्र पत्रकार संघमा बिवाद देखिएको छ । बुधबार भएको निर्वाचनबाट अध्यक्षमा समिर बलामी निर्वाचित भएपछि संघका केही साधारण सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षका लागि बलामी र राजन घिमिरे चुनावी मैदानमा थिए । घिमिरेलाई हराउदै बलामी निर्वाचित भएपछि एउटा समूह असन्तुष्ट बनेको छ । अध्यक्ष बलामी संघको महासचिव रहेका बेला संघकै एक साधारण सदस्यले यौन हिंशा गरेको आरोप लगाएकी थिइन् । यद्यपि, आरोप पुष्टि भने भइसकेको छैन ।

बलामी अध्यक्ष निर्वाचित भएसँग केही चलचित्र पत्रकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । सामूहिक राजीनामा दिनेमा सुशिल पौडेल, पुष्पा थपलिया, रिना मोक्तान लगायत रहेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ एशोसिएटका अध्यक्ष बैकुण्ठ पराजुलीले पनि संस्थामा रहन नसक्ने बताएका छन् । यौन दुरव्यवहारको घटनालाई सामान्य रुपमा लिन नसकिने अध्यक्ष पराजुलीको भनाइ थियो ।

(चत्रचित्र पत्रकार संघमा बिवाद हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -सं.)

 

Follow Up

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, महासचिवमा सापकोटा

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, महासचिवमा सापकोटा