Dhulikhel Eco Banner new

उपप्रधानमन्त्री श्रेष्ठद्धारा कमलविनायक–नगरकोट सडकको अनुगमन हुने

4.72K
shares

काठमाडौं, १७ फागुन । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् । सडकको नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोलीले अनुगमन गर्ने भएको हो ।

बिहान नौ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन गरिने बताइएको छ । सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेर रुग्ण रुपमा रहेको आयोजनाको प्रगति विवरण लिनका लागि मन्त्री श्रेष्ठ सहितको टोलि अनुगमनमा जान लागेको हो ।

निर्माणको ढिलासुस्तीबाट जनताले बर्षौंदेखि सास्ती खेपिरहेको र सरकार तथा निर्माण कम्पनीबिरुद्ध आक्रोश पोखेको परिस्थितिबीच उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण माग्दा निर्माण कम्पनीले चैत्र मसान्तसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने बताएको थियो । अब एक महिना बाँकी रहेको अवस्थामा आयोजनाको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुनलागेको हो ।