Dhulikhel Eco Banner new

महालक्ष्मी लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौंसहित देशका ३८ ठाउँमा कर्मचारी नियुक्त गर्ने

5.27K
shares

काठमाडौं, ५ चैत । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले व्यापक रुपमा नयाँ कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका र बाहिर गरी ठूलो संख्यामा कर्मचारी राख्ने भएको हो ।

महालक्ष्मी लाइफले काठमाडौं उपत्यकाकासहित ३८ वटा शाखा कार्यालयहरुमा नयाँ कर्मचारी नियुक्त गर्ने बताएको छ । सार्वजनि सूचना अनुसार काठमाडौंको सामाखुसी, किर्तिपुर, गोल्फुटार भक्तपुरदेखि तराईका विभिन्न जिल्लाहरुमा रहेका शाखा कार्यालयहरुमा समेत नयाँ कर्मचारी भर्ना गर्ने भएको छ ।

पूर्वको झापा दकम, इटहरी, विराटनगर, दुहवी, इनरुवादेखि सदुरपश्चिममको धनगढी, महेन्द्रनगर, डडेलधुरासम्मका विभिन्न ३८ शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । जागिर खान चाहानेहरुले स्नातक तह पास गरी बजारीकरण सम्बन्धी एक वर्षको अनुभव चाहिने कम्पनीले जनाएको छ ।