Dhulikhel Eco Banner new

अरुण काबेली पावरको नाफामा ३५ प्रतिशतको गिरावट

3.94K
shares

काठमाडौं, २७ वैशाख । अरुण काबेली पावर लिमिटेडको नाफामा गत वर्षको चैत मसान्तको भन्दा ३५ प्रतिशत बढीले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ३५.३५ प्रतिशतले नामा घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्री आम्दानी घटेको र खर्च बढेका कारणले कम्पनीको नाफामा दवाब परेको हो ।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.३४ प्रतिशत घटेको छ भने अन्य आम्दानी १३७.७८ प्रतिशत बढेको छ ।

त्यसैगरी, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १८.४९ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १० रुपैयाँ ३२ पैसामा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.१४ गुणा रहेको छ ।