Dhulikhel Eco Banner new

सरकारसंँगको ११ बुँदे सहमति पश्चात सांसद गौतमले तोडे अनशन

3.17K
shares

काठमाडौं, ६ जेठ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आफ्नो अनशन तोडेका छन् । १५ बुँदे मागसहित वैशाख ३० गतेबाट बर्दिया जिल्लाको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल मुनि अनसन बसेका गौतमले सरकारसँग सहमति भएपछि अनसन तोडेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बर्दिया पुगेर दुई पक्षबीच ११ बुँदे सहमति भएपश्चात गौतमले अनशन तोडेका हुन् । शनिबार दिउसो गौतमले अनशन स्थगन गरेका जिल्ला प्रहरी कार्यालयका बर्दियाका प्रहरी नायब उपरीक्षक हिकमतबहादुर बोहराले बताए ।