Dhulikhel Eco Banner new

संघीय संसद्को संयुक्त बैठक बस्दै

5.32K
shares

काठमाडौं, १० जेठ । संघीय संसदको संयुक्त बैठक आज(बुधवार) दिउँसो चार बजे बस्ने भएको छ ।

बुधबार बैठकमा संवैधानिक नियुक्तिका सम्बन्धका ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०८० पेश गर्न लागेको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले जानकारी दिए ।

‘संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश गर्न लागिएको छ । विशेषगरी संवैधानिक नियुक्तिको बारेमा संघीय नियमावली महत्वपूर्ण भएकाले पास गर्नका लागि उक्त बैठकमा सबै राजनीतिक दल उपस्थित हुने देखिन्छ ।’

उक्त बैठक संघीय संसद भवन नयाँ बानेश्वर मासंयुक्त रुपमा बुधबार दिउँसो बस्न लागेको हो ।