Dhulikhel Eco Banner new

अर्थमा पुगेको ‘एसएमई प्लेटफर्म नियमावली’मा के छ ?

3.77K
shares

काठमाडौं १०, जेठ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली २०८० स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश गरिएको छ । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको हो ।

धितोपत्र बोर्डका प्रवक्त्ता मुक्तिनाथ श्रेष्ठले उक्त नियमावली अर्थ मन्त्रालयबाट क्याबिनेटमा जाने र क्याबिनेटबाट पास भएर आएपछि मात्रै लागु हुने बताए । उनले उक्त्त नियमावली स्वीकृत भएर आएपछि साना तथा मझौला कम्पनीको कारोबार समेत छुट्टै प्लेटफर्मबाट हुने हुँदा पूँजी बजारबाट पैसा उठाउन सजिलो हुने बताए ।

‘अहिले साना तथा मझौला कम्पनीहरुलाई बजारबाट पैसा उठाउन लागत निकै धेरै लाग्ने समस्या समाधान हुन्छ ।’ उनले भने, नेप्से इन्डेक्समा पनि साना तथा मझौला कम्पनीको छुट्टै इन्डेक्स हुने हुँदा नेप्से परिसूचक घटबढ हुँदा पनि खासै असर पर्दैन ।’

Follow Up

अर्थमन्त्रालयमा थन्कियो ‘एसएमई प्लेटफर्म नियमावली’, बजेट अगाडि हेर्दै नहेरिने

अर्थमन्त्रालयमा थन्कियो ‘एसएमई प्लेटफर्म नियमावली’, बजेट अगाडि हेर्दै नहेरिने