Dhulikhel Eco Banner new

कृषिमन्त्री भुसालले गरे झापाका सरकारी कार्यालय अनुगमन

6.66K
shares

झापा, १४ असाेज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले झापा स्थित विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गरेका छन् ।

झापा कांकडभिट्टा स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, पशु क्वारेन्टाइन र प्लान्ट क्वारेन्टाइन कार्यालयको मन्त्री भुसालले आइतबार अनुगमन एंव निरीक्षण गरेका हुन ।

मन्त्री भुसालका स्वकीय सचीव सुशील भट्टराईका अनुसार यी विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गर्दै मन्त्री भुसालले अवैध खाद्य एंव वस्तुको आयातमा कडाइ गर्न निर्देशन दिए ।

यी कार्यालयहरुबाट हुने आयात निर्यातको बारेमा जानकारी लिदै मन्त्री भुसालले बिषादी परिक्षण बिना कुनै पनि खाद्य बस्तु आयात नगर्न कडा निर्देशन दिए ।

अवैध समान एवं बस्तु आयातमा कडाइ गर्न निर्देशन दिदै मन्त्री भुसालले कमजोरी गर्ने, ढिलासुस्ती गर्ने, मनोमानी गर्ने, नियम र कानुन अनुसार काम नगर्ने कर्मचारीलाई कानुन अनुसार कारवाही हुने कडा निर्देशन समेत दिए ।

बिषादी परिक्षणमा जसरी पनि कडाइ गर्नु पर्ने बताउदै उनले अवैध समान एंव बस्तुको आयातमा रोक लगाउनु पर्ने बताए ।

निरीक्षण गर्दै मन्त्री भुसालले उक्त कार्यालयहरुबाट अहिले सम्म भएका काम कारवाहीबारे जानकारी समेत लिएका छन् ।

अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन् ।