समयमा काम नगर्ने २० कम्पनी कालाे सूचीमा
वि.सं.२०८० असोज १६ मंगलवार १३:४१
shares

काठमाडौं, १६ असाेज । सार्वजनिक खरिद सम्झौताअनुसार निर्माणको काम समयमा सम्पन्न नगर्ने २० कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै ती कम्पनीलाइ कालोसूचीमा राखिएको जनाएको हो।
कार्यालयले विभिन्न सार्वजनिक कार्यालयहरुको सिफारिसमा ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो। यी कम्पनीहरु १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा परेका छन्। धेरै निर्माण कम्पनीलाई ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
कार्यालयका अनुसार यो अवधिमा कालोसूचीमा परेका कम्पनीहरुले सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। कालोसूचीमा पर्नेहरुले सडक, खानेपानी, टेलिकमलगायत कामहरु अलिपत्र पारेका छन्।
यी हुन् कालाेसूचीमा परेका कम्पनी
शकिल हैदर-शंकर माली निर्माण सेवा-सुनौलो खिम्ती, सीआईपीईएल, साफबोन, वाटर सर्भिस इंक, आईएसजी इन्फर्मेसन सर्भिस ग्रुप अमेरिकाज इंक, अर्वान कन्स्ट्रक्सन, शिवालय बिल्डर्स, स्काइ/वाइबा एण्ड लामा/ मा जनकी जेभी, नागार्जुन- शंकरमाली जेभी कालोसूचीमा परेका छन्।
यस्तै रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन, तिईभु निर्माण सेवा, कश्यप/ अर्वान जेभी, अर्बीन्द्र कन्स्ट्रक्सन, इको भिजनरी, महेन्द्र निर्माण सेवा, एसिएन कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्ट्यान्ट, एभ्रीथिङ सोलुसन कन्स्ट्रक्सन, सैपाल अटोमोबाइल्स, ग्रीन वर्ल्ड/ जयास कन्स्ट्रक्सन जेभी र गौरती भीमसेन निर्माण सेवा कालोसूचीमा परेका छन्।

















