Dhulikhel Eco Banner new

ओरियन्टल होटलको आम्दानी २७.५७ प्रतिशतले बढ्यो

4.16K
shares

काठमाडौं, २८ माघ । ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दा होटलको आम्दानी बढेको छ । आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ ।

पुस मासान्तसम्ममा होटलले ५६ करोड १ लाख ९ हजार आम्दानी गरेको छ भने गत आको सोही अवधिमा ४३ करोड ९० लाख ६५ हजार रुपैयाँ गरेको थियो । गत वर्षको तुलनामा होटलले २७.५७ प्रतिशतले बढी आम्दानी गरेको हो ।

होटलले चालु आवको ६ महिनामा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आवको सोही अवधिमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । उक्त नाफा गत आवको तुलनामा ४६.२४ प्रतिशत बढी हो ।

होटलको कुल नाफा २४.६१, कुल खर्च २२.६८ र सञ्चालन मुनाफा ३५.२१ प्रतिशतले बढेको छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँले बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ९३.३२ गुणा रहेको छ ।

होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ रहेको छ ।