Dhulikhel Eco Banner new

मुक्तिनाथका अध्यक्ष र सीईओ नै केन्द्रीय बैंककाे कारबाहीमा

7.94K
shares

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई कारबाही गरेको छ । मुक्तिनाथले ऋणी ग्राहक सदस्यको सामूहिक हित विपरीत खर्च गरेको भन्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पहिलो पटक कारबाही गरेको हो ।

मुक्तिनाथको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

‘संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको छ’, राष्ट्र बैंकले भनेको छ, ‘उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएको छ ।’