Dhulikhel Eco Banner new

फाइनान्स कम्पनीका डायनामिक सीईओ नै राष्ट्र बैंकको कारबाहीमा

5.43K
shares

काठमाडौं, २ फागुन । नेपाली फाइनान्स कम्पनीहरुको डायनामिक सीईओको रुपमा परिचित सरोजकाजी तुलाधर नै केन्द्रीय बैंकको कारबाहीमा परेका छन् ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना नै निकालेर गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरलाई कारबाही गरेको जानकारी दिएको छ । गुडविलका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।

कर्जा रकमको सुदपयो गरेको भन्दै गुडविललाई कारबाही गरेको छ । ‘समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गरेको पाइएको छ’, राष्ट्र बैंकले भनेको छ, ‘त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको छ ।’