Dhulikhel Eco Banner new

बढीमा शेयर विक्री गरेपछि गुहेश्वरी फाइनान्सका सीईओलाई कारबाही

5.69K
shares

काठमाडौं, २ फागुन । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७९ विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले सीईओलाई कारबाही गरेको हो ।

‘तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईयो’, राष्ट्र बैंकले भनेको छ, ‘आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको छ ।’