Dhulikhel Eco Banner new

एनआइसी एशिया लघुुवित्तको शेयर लिलामीमा खुल्यो

5.11K
shares

काठमाडौं, १८ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ ।

कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला हुने भएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संघ संस्थाले जेठ २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. ४२५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।