Dhulikhel Eco Banner new

साना तथा मझौला उद्योगलाई बजेटले सम्बोधन गरेन : अध्यक्ष कोईराला

6.12K
shares

काठमाडौं, १८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिव बहादुर कोईरालाले आगामी आर्थिक वर्षको बजेटमा मझौला साना उद्योगलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

केटिएम भ्वाइससँगको कुराकानीमा अध्यक्ष कोइरालाले साना तथा मझौला उद्योगलाई बजेटले कही कतै पनि समेट्न नसेकेको बताएका हुन् ।‘बजेटले नयाँ उद्योग खोल्ने, उद्योगीलाई प्रोत्साहान गर्ने खालको कुरा केही पनि समेटिएको छैन’ उनी भन्छन्, ‘चुनावलाई लक्षित गरेर बनाएको देखिन्छ, बजेट नितान्त वितरणमुखी नै देखिन्छ ।’

यस्तो चुनाव लक्षित बजेटहरु नेपालमा मात्र होइन अन्य देशहरुमा पनि बन्ने गरेको उनले भने । कोईराला भन्छन्, ‘जो सरकारमा छ त्यसले चुनाव मुखि बजेट ल्याउने त परिपार्टी संसार भर नै रहेको छ त्यो बाट नेपाल पनि अछुतो रहेको छैन् ।’ बजेटमा व्यापार घाटाको कुरा आउनुपर्नेमा अन्य, अन्य कुरा मात्र आएको उनको भनाई छ । वर्षेनी व्यापार घाटा बढ्दै गएको तर त्यो प्रति सरकारले कुनै चासो नदेखाएको कोइरालाको आरोप छ । उनी भन्छन्, ‘व्यापार घाटालाई प्रतिकुल हुने खालको बजेट आउनु पर्ने हो तर बजेटमा त्यस्तो विषय कही पनि समावेश गरेको देखिदैन् ।’

कोइरालाका अनुसार सरकारले कृषिको विषयमा समेत निर्यात गर्न सकिने खालको बजेट ल्याउन सकेन् । ‘कृषिमा समेत प्रभावकारी कार्यक्रम ल्याएको देखिदैन, कृषिमै पनि चक्लाबन्दी, ठूलो क्षेत्रफलमा व्यवसायीक कृषि गर्ने खालको कुनै कुरा बजेमा समावेश छैन्, त्यसलाई समेटिएको भए निजि क्षेत्रलाई राहत हुने थियो,’ उनले भने ।

कृषिजन्य उत्पादन नबढे ठूलो मात्रामा आम्दानी नहुने उनको तर्क छ । सिंगापुरमा जस्तो कच्चा पदार्थ अन्य देशबाट ल्याएर आफ्नो देशमा प्युरिफाइन गरेर पठाउने खालको वातावरण हुनु पर्ने कोइरालाको भनाइ छ । तर अहिले त्यस्तो नेपालमा नरहेको उनको भनाई रहेको छ ।

कोइरालाका अनुसार पर्यटनलाई समेत बजेटले सम्बोधन गर्न सकेको छ्रैन् । उनी भन्छन्, ‘समग्र गण्डकी प्रदेशलाई हेर्ने हो भने हाम्रो मुल आधार भनेको नै पर्यटन हो, त्यस क्षेत्रलाई सम्बोधन गरेको देखिन्दैन, जस्तै पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउने कुरा समेतसँगै ल्याएको भए हुन्थ्यो, त्यो बन्ने मात्र भन्यो सरकारले ब्याज तिर्दै जाने आम्दानी केही नहुँने देखिन्छ ।’

समग्ररुपमा निजि क्षेत्रलाई हित हुने खालको बजेट नआएकाले निजि क्षेत्र खुःशी नभएको कोइरालाको भनाई छ ।