Dhulikhel Eco Banner new

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

4.95K
shares

काठमाडौं, २७ असार । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बुधबार तोलामा १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको हो।