Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो नेप्से परिसुचक

2.35K
shares

काठमाडौं, १० साउन । नेप्से परिसुचक बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन माइक्रोफाइनान्सको उपसूचक ६ दशमव ८३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका १० प्रतिशतका दरले बढेको छ ।

जीवन विकास लघुवित्तको ९ दशलमव ९९ प्रतिशतकाले बढेको छ । एशियन हाइड्रो ९ दशलमव ९९ प्रतिशतले बढेको छ । गणपति लघुवित्तका ९ दशलमव ९७ प्रतिशतकाले बढ्यो ।

यसदिन सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।