Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तद्धारा कर्मचारी माग

2.29K
shares

काठमाडौं, २१ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा ३० जनाका लागि आवेदन खुलाएको हो ।

यसका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउँछन् । प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

दरखास्त दिने अन्तिम दिनसम्म लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्यानुभव भई कार्यरत रहिरहेको हुनुपर्नेछ ।

कम्प्यूटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमतिपत्र भएकाले प्राथमिकता पाउनेछन् । उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४०) हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित कात्तिक ५ गतेभित्र आवेदन दिनु पर्नेछ ।