Dhulikhel Eco Banner new

बढ्यो सुनको भाउ , कतिमा हुदैछ कारोबार ?

5.19K
shares

काठमाडौं, २६ जेठ । पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बुधबारको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको भाउ भने आज यथावत रहेर बुधबारकै भाउमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार बुधबार भाउ स्थीर हुँदै छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो चाँदीको भाउ १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५५ र चाँदी प्रतिऔंस २२.१३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य ६०० रुपैयाँले घटेर बुधबारकै भाउमा कारोबार हुँदा चाँदी १५ रुपैयाँ सस्तिँदै १ हजार २७५ मा कारोबार भएको थियो ।