सुन आयातमा भारी गिरावट, हेर्नुस कति भित्रियो ?
वि.सं.२०८१ मंसिर ९ आइतवार १३:४७
shares

काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष (साउन–कात्तिक) सम्ममा सुन आयातमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (साउन–कात्तिक) सम्ममा १ लाख ३२ हजार ५ सय ६४ ग्राम (१३२.५६४ किलो) सुन आयात भएको हो ।
सुनको गहना आयात भने पहिलो चौमासिकमा केही वृद्धि भएको छ । अघिल्लो आव कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बराबर गहना आयात भएकोमा यस वर्ष भने १९ करोड ८ लाख रुपैयाँ बराबर भएको छ ।
यसका लागि १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । सुन आयातबाट राज्यले २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठाउन सकेको छ ।



















