Dhulikhel Eco Banner new

सशस्त्र प्रहरीद्धारा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

2.42K
shares

काठमाडौं, ९ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले दुहबीमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरको आयोजनामा स्थानिय, युवायुवतीलाईलाई सहभागी गराएर लागु औषध दुर्व्यसन भनेको के हो, यसका कारण, यसले गर्ने हानी नोक्सानी तथा कानुनी सजायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा लागु औषध दुर्व्यसनमा किशोरावस्थाका युवायुवतीले नै बढि संलग्न हुने गरेको देखिएकाले उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।

युवायुवतीलाई लागु औषध बारे जानकारी गराउँदै सचेत गराई सभ्य समाज निर्माणमा मद्त पुगोस् भन्ने उदेश्यका साथ सिमा-नाकामा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी डिएसपी शंकर दत्त तिवारीले बताएका छन् ।

कार्यक्रममा प्रशिक्षण दिदैं सशस्त्र प्रहरी डिएसपी शंकर दत्त तिवारीले लागु औषध दुर्व्यसनमा संलग्न हुनुको प्रमुख कारण भनेको पारिवारीक वातावरण र साथीसंगको संगतले देखासीकी रहेको बताएका छन् ।

त्यस्तै आमाबुवा र शिक्षकको नियमित सुपरिवेक्षणमा कमि, पारिवारीक तनाव, अज्ञानता र नागरिक समाजको निुस्कृयता लगायतका कारणले लागु औषधमा बालबालिका तथा युवायुवती फस्ने गरेको देखिएको डिएसपी तिवारीले बताए । त्यसै गरि सहभागी युवायुवतीलाई आफूले सिकेको ज्ञान आफैले पनि लागु गर्ने र घर परिवारमा पनि सचेतना फैलाउन सुझाव दिएका छन् ।