Dhulikhel Eco Banner new

आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

2.47K
shares

काठमाडौं, ९ मंसिर । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको छ ।

सरकारले आजदेखि धरहरा चढ्दा टिकटको प्रतिव्यक्ति २ सय रुपैयाँ तोकेको हो । जसमध्ये विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि भने ५० प्रतिशत अर्थात् १०० रुपैयाँ छुट दिइएको छ ।

यसैगरी सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेकका अन्य देशका नागरिकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

यस्तै चारपांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपांग्रेलाई प्रतिघण्टा १० रुपैयाँ तोकिएको छ । तर धरहरा नचढ्ने तर भित्र मात्रै प्रवेश गर्नेहरुले आजदेखि ५० रुपैयाँ तिर्नुपर्ने छ । यसवाहेक धरहराभित्र व्यवसायिक रुपमा भिडियो खिच्न प्रतिघण्टा ५ हजार र फोटो खिच्न प्रतिघण्टा १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।