Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको लाभांश घोषणा

2.95K
shares

काठमाडौं, ९ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीले काल कायम चुक्ता पूँजी (१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ) को १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।