Dhulikhel Eco Banner new

शेयर बजारमा यी कम्पनीले कमाए सर्वाधिक

2.8K
shares

काठमाडौं, १२ मंसिर ।

बुधबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३९.७० अंकले बढेर २,७५६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर ९ अर्ब ३१ करोडको कारोबार भएको हो ।

शेयर बजारमा विशाल बजार, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पोट माइक्रको फाइनान्स, सप्तकोशी विकास बैंक र मानुषि लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन ग्रिन विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ९.७५ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।